काठमाडौँ ।
१९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा अहिले नेपालविरुद्ध भिडिरहेको भारतले एक सय ३४ रन जोड्दा तेस्रो विकेट गुमाएको छ।
लेग स्पिनर सन्दीप लामिछानेले नेपाललाई लगातार तेस्रो सफलता दिलाएका छन्। ५ रन बनाएका जितेश शर्मालाई सन्दीपले आउट गरेका हुन्।
यसअघि सोमपाल कामीले तिलक वर्मालाई व्यक्तिगत २ रनमा बोल्ड आउट गरे। भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। दीपेन्द्र सिंह ऐरीले सतकीय साझेदारी तोडेका थिए। रुतुराज गाइक्वाड २५ रनमा आउट भए। यसस्वी जैसवाल ७९ रनमा खेल्दैछन्।
प्रतिक्रिया