काठमाडौँ ।
१९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा अहिले भारतविरुद्ध भिडिरहेको नेपालले ४० जोड्दा एक विकेट गुमाएको छ। नेपालका आसिफ सेखलाई भारतीय बलर आभेस खानले आउट गरेका छन्। आसिफ १० रन बनाएर आउट भएका हुन्।
भारतले दिएको २०३ रनको लक्ष्य पछाएको नेपालले अहिलेसम्म ६ ओभरमा एक विकेट गुमाएर ४६ रन बनाएको छ ।
प्रतिक्रिया