नेपाललाई दोस्रो सफलता, तिलक वर्मा आउट

नेपाललाई दोस्रो सफलता, तिलक वर्मा आउट


काठमाडौँ । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा अहिले नेपालविरुद्ध भिडिरहेको भारतले एक सय ११ रन जोड्दा दोस्रो विकेट गुमाएको छ।

सोमपाल कामीले तिलक वर्मालाई व्यक्तिगत २ रनमा बोल्ड आउट गरे। भारतले ११।५ ओभरमा २ विकेट गुमाएर एक सय ११ रन जोडेको छ।

भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। दीपेन्द्र सिंह ऐरीले सतकीय साझेदारी तोडेका थिए। रुतुराज गाइक्वाड २५ रनमा आउट भए। यसस्वी जैसवाल ७९ रनमा खेल्दैछन्।