‘प्रसाद-२’ को विवादमा ओएसआरका संचालक पक्राउ

‘प्रसाद-२’ को विवादमा ओएसआरका संचालक पक्राउ


काठमाडौँ ।

गत बैशाख १५ गते प्रदर्शनमा आएको सुदर्शन थापाद्वारा निर्देशित फिल्म प्रसाद–२ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन्।

फिल्मका निर्माता सुदर्शन बस्नेतले दिएको उजुरीको आधारमा उनी शुक्रबार पक्राउ परेका हुन्। उनलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ र अदालतले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

अग्रवालको ओएसआर डिजिटलले ‘प्रसाद २’को युट्युब राइट्स खरिद गरेको थियो। डिजिटल राइट्सकै विषयमा उत्पन्न विवादमा निर्माता बस्नेतले अग्रवालविरुद्ध उजुरी दिएको जनाइएको छ।

‘प्रसाद २’ निर्माणकै चरणदेखि विवादमा परेको थियो। कहिले कलाकारसँग त कहिले निर्माताबीच आर्थिक लेनदेनको विषयमा विवाद भएको थियो र यो विषय अब प्रहरीमा पुगेको छ।