काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा न्यूक्यासलले म्यानचेस्टरमाथि १–० गोल अन्तरको जित दर्ता गरेको हो। घरेलु मैदानमा न्यूक्यासललाई जिताउनका लागि एन्थोनी गोडोनले ५५ औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो। जितसँगै न्यूक्यासल तालिकाको ५ औं स्थानमा उक्लिएको छ। न्यूक्यासलले १४ खेलबाट २६…