काठमाडौं ।
इंग्लिस क्लब म्यानचेस्टर सिटी शतप्रतिशत जितका साथ च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। बुधबार राति भएको खेलमा सिटीले रेट स्टारलाई ३–२ गोल अन्तरले पराजित गरेको हो।
समूह ‘जी’मा सिटीले ६ खेलबाट १८ अंक बनाएको हो। सिटीलाई जिताउनका लागि मिच ह्यामिल्टन, ओस्कर बोब र काल्भिन फिलिप्सले एक-एक गोल गरे। रेडस्टारका लागि हाङ बिओम र एलेक्जेन्डर काटीले एक-एक गोल फर्काए।
१९ औं मिनेटमा ह्यामिल्टनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा ओस्करले अग्रता दोब्बर बनाए। ७६ औं मिनेटमा रेटस्टारका हाङले गोल गर्दै अग्रता २–१ मा झारेका थिए। तर, ८५ औं मिनेटमा फिलिप्सले पेनाल्टीमा गोल गरेपछि सिटी ३–१ ले अघि बढेको थियो।
दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा एलेक्जेन्डरले गोल फर्काए पनि अन्ततः सिटी ३–२ गोल अन्तरले विजयी भयो। यस्तै यही समूहमा रहेका आरबी लाइपजिङले योङ ब्वाइजलाई २–१ गोल अन्तरले पराजति गरेको छ। जितसँगै लाइपजिङको १२ अंक भएको छ। उसले पनि अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो।
प्रतिक्रिया