काठमाडौं।
दक्षिण अफ्रिकामा हुने आईसीसी यू–१९ विश्वकपअघि नेपालले वेष्ट इण्डिज र स्कटल्याण्डसँग खेल्ने भएको छ। नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना हुने विश्वकपअघि आगामी पुस २८ गते स्कटल्यान्डसँग खेल्नेछ। दोस्रो वार्मअप खेलमा माघ १६ गते वेष्ट इण्डिजसँग खेल्ने तालिका आईसीसीले सार्वजनिक गरेको हो।
विश्वकप अघिको एसिया कपमा नेपाल समुह चरणबाटै बाहिरिएको छ। एसिया कपलाई नेपाली युवा टोलीले विश्वकपको तयारीको रुपमा हेरेको थियो।
पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको नेपाल समुह चरणको अन्तिम खेलमा मंगलबार भारतसँग १० विकेटको फराकिलो हार व्यहोरेको थियो।
विश्वकप आगामी माघ ५ देखि २८ गतेसम्म दक्षिण अफ्रिकामा हुनेछ। नेपाल रहेको समूह डीमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।
समुह चरणको पहिलो खेलमा नेपालले माघ ७ गते न्युजिल्यान्डसँग खेल्नेछ। १० गते पाकिस्तान र समुह चरणको अन्तिम खेलमा माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ।
समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह सी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्।
प्रतिक्रिया