काठमाडौं ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगबाट आउट भएको छ। समूह एमा जर्मन क्लब बार्यन म्युनिखसँग १–० सँग पराजित भएपछि प्रतियोगिताबाट बाहिर भएको हो। समूह चरणका ६ मध्ये १ खेलमा जित र १ मा बराबरी गरेपछि युनाइटेड पुछारमा रहेको थियो। यो समूहबाट बार्यन ६ खेलमा १६ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ।
युनाइटेडेको घरेलु मैदान वल्डटाफोर्डमा ७० औं मिनेटमा गोल ब्यहोर्न पुग्यो। बार्यनका किंग्सले कोमानले हेरि केनको पासमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए। सोही गोल अन्तरले बार्यनले जित निकाल्दा युनाइटेड भने समूह चरणबाटै बिदा भयो।
यही समूहमा रहेको एफसी कोपन हेगनले पनि अर्को चरणको यात्रा तय गरेको छ। कोपनहेगनले गालातासारेलाई १-० गोल अन्तरले पराजित गरेको हो। जितसँगै कोपनहेगन ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ।
कोपनहेगनका लागि ५८ औं मिनेटमा लुकास लेरगरले गरेको एकमात्र गोल नैं निर्णायक बन्न पुग्यो।
प्रतिक्रिया