अहमदावाद । भारतमा जारी १३ औँ एकदिवशीय विश्वकपको फाइनलसुरु भएको छ। अहमदावादमा नेपाली समयअनुसार २ बजेर १५ मिनेटमा खेल सुरु भएको हो। फाइनलमा अस्ट्रेलियाले टस जितेर पहिला बलिङ रोजेको छ। विश्वकप फाइनलको इतिहासमा ७ पटक पहिला ब्याटिङ गर्ने र ५ पटक लक्ष्य पछ्याउने टोलीले उपाधि जितेका छन्। जारी विश्वकपमा भारतले सुरुका ५ खेलमा लक्ष्य पछ्याएर…