मापसे गरेर दुर्घटना गराउने भिक्टोरियाका सांसदले राजनीतिबाटै सन्यास लिने !

मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियाका लिबरल सांसद टिम स्मीथले अर्को निर्वाचनबाट राजनीतिबाटै बिदा लिने घोषणा गरेका छन् । मादक पदार्थ सेवन गरेर गाडी चलाएको बेला दुर्घटना भएको थियो । यससँगै उनको तिव्र आलोचना भएपछि उनले माफी माग्दै राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् । यसअघि उनले छायाँ मन्त्रिपरिषदबाट पनि राजीनामा गरेका थिए । अघिल्लो शनिबार राति…