न्यूसाउथवेल्समा थपिए एकैदिन ५ हजार ७ सय १५ कोरोनाका नयाँ संक्रमित

न्यूसाउथवेल्समा थपिए एकैदिन ५ हजार ७ सय १५ कोरोनाका नयाँ संक्रमित


सिड्नी, अष्ट्रेलिया ।

अष्ट्रेलियामा कोभिड १९ कोरोनाका नयाँ संक्रमित थपिनेक्रममा नाटकीय बढोत्तरी भएको छ । एकैदिन न्यूसाउथवेल्स राज्यमा मात्रै ५ हजार ५ सय १५ नयाँ संक्रमित फेला परेका छन् भने अस्पतालमा भर्ना हुनेको संख्या पनि बढेको छ ।
यसैबीच, न्यूसाउथवेल्स राज्यले अब कुनैपनि ठाउँमा प्रवेश गर्दा क्वीआरकोड मार्फत चेकईन गर्ने व्यवस्थालाई पुनः सुरु गर्ने भएको छ ।

प्रिमियर डोमेनिक पेरोटोले गएको डिसेम्बर १५बाट हटाइएको चेकईनको व्यवस्था कन्ट्याक्ट ट्रेसिंगका लागि महत्वपूर्ण हुने भन्दै पुनः लागू गरिएको जनाएका हुन् । यससँगै राज्यले निशुल्क एन्टजेन परीक्षण किटहरु उपलब्ध गराउने भएको छ ।