नेपाली जनप्रगतिशिल मञ्च भिक्टोरियाको नेतृत्व गौतम लामिछानेले गर्ने

नेपाली जनप्रगतिशिल मञ्च भिक्टोरियाको नेतृत्व गौतम लामिछानेले गर्ने



मेलबर्न, अष्ट्रेलिया ।

नेपालमा माओवादी केन्द्र पार्टीको प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाले भिक्टोरिया राज्य कमिटी गठन गरेको छ । यसको नेतृत्व गौतम लामिछानेले गर्ने भएका छन् । स्थानीय कोबर्ग पार्कमा आयोजना गरिएको जमघटमा नयाँ कार्यसमितिको घोषणा गरिएको हो ।

कमिटीको उपाध्यक्ष सजना मानन्धर, सचिवमा जगदीश देवकोटा कोषाध्यक्षमा मनोज पौडेल र सह सचिव बिराज थापा छन् भने कमिटी २९ सदस्यीय रहेको नवनिर्वाचित अध्यक्ष गौतम लामिछानेले जानकारी दिए ।

बार्बिक्यूसहित आयोजना गरिएको कार्यक्रममा शुभकामना दिनका लागि भिक्टोरियाका लागि नेपाली अवैतनिक माहावाणिज्य दुत चन्द्र योञ्जन, अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष राजेश आचार्य, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष राम गुरुङ, जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष बिनित शर्मा, एएनपीएलका अध्यक्ष निराजन गौली, चितवन समाजका अध्यक्ष अनुपम पाठक, एनआरएन भिक्टोरियाका सचिव गणेश कँडेल, आइसीसीका सदस्यीय नारायण काफ्ले, प्रेम कँडेल लगायत पुगेका थिए ।

कार्यक्रमका वक्ताहरुले नयाँ कमिटीलाई शुभकामना दिँदै समूदायका लागि निस्वार्थ भावले काम गर्न आग्रह गरेका थिए ।