जनवरी १ तारिखमा एडिलेडमा पञ्चबाजा बजाउँदै नेपाली टोपी दिवस मनाइने !

जनवरी १ तारिखमा एडिलेडमा पञ्चबाजा बजाउँदै नेपाली टोपी दिवस मनाइने !


एडिलेड। प्रबासी नेपाली मञ्च साउथ अष्ट्रेलियाले एडिलेडमा जनवरी १ मा अन्तराष्ट्रिय नेपाली टोपी दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गर्ने भएको छ ।

मञ्चका साउथ अष्ट्रेलिया समितिका अध्यक्ष हेम खनालले प्रवासी नेपालीहरुको एकता, सद्भाव र पहिचानको रुपमा परिचित नेपाली टोपी र पोसाकलाई संसारभर चिनाउने एवं नेपाल बाहिर हुर्किरहेको नयाँ पुस्तालाई विश्वकै अद्वितिय टोपीलाई नेपाली गौरवका रुपमा लिन उत्प्रेरित गर्ने अभियानलाई मियोको स्वरुप दिन, विगत बर्षहरु झै यस वर्ष पनि नेपाली टोपी दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गर्न लागिएको बताउनु भयो ।

कार्यक्रम व्यवस्थापन समिति संयोजक तथा प्रवासी युवा मञ्च साउथ अष्ट्रेलियाका संयोजक धिरज जंग खड्काले नेपाली अर्थतन्त्रको मेरुदण्ड पर्यटनलाई विस्तार र प्रवर्धन गर्नका लागि पनि संपुर्ण अष्ट्रेलियनहरु एकपटक नेपाल जाऔं भन्ने सन्देश संप्रेषण गर्ने उद्देश्य समेत रहेको बताउनु हुन्छ ।

उहाका अनुसार कार्यक्रममा मनोरञ्जनात्मक खेलहरु पनि खेलाईने भएको छ ।

कार्यक्रमको आकर्षण पञ्चेवाजा समूह एडिलेडको प्रस्तुति पनि रहेको छ । संयोजक खड्काले टोपी दिवस आयोजना मञ्चले गरे पनि सबै साझा कार्यक्रम भएको वताउनुभयो । उहाले नव वर्षको शुभकामना आदान प्रदान गर्दै नेपाली टोपी र नेपाली पोशाक मार्फत नेपाललाई चिनाउने अभियानमा सरिक हुन सबै एडिलेडवासीलाई अनुरोध गर्नुभएको छ ।