ढाका । बङ्गलादेशका अपदस्थ नेता शेख हसिनालाई छिमेकी भारतबाट स्वदेश फिर्ता गराउन सकिने बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले जनाएको छ । बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आरक्षण विरोधी प्रदर्शनले राजनैतिक रूप धारण गरेपछि तत्कालीन प्रधानमन्त्री सेख हसिना अगस्ट ५ मा हेलिकप्टरमार्फत भारतको नयाँदिल्ली पुग्नुभएको थियो । उहाँको विदेश पलायनपछि सेना प्रमुखले हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको…