मेलबर्न । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका परराष्ट्रमन्त्री पेनी वङबीच मेलबर्नमा द्विपक्षीय वार्ता भएको छ। नेपालको परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्धको समग्र अवस्था तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो। दुवै पक्षले साझा लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान तथा जनस्तरको सम्बन्धमा आधारित नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। वार्ताका क्रममा…