अमेरिकी राष्ट्रपतिको घोषणा : हमास शान्तिका लागि तयार, बन्दी छुट्दै

अमेरिकी राष्ट्रपतिको घोषणा : हमास शान्तिका लागि तयार, बन्दी छुट्दै



एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताउनुभएको छ।

राष्ट्रपति ट्रम्पले बुधबार राति सामाजिक सञ्जालमार्फत सोही सम्झौता अन्तर्गत सबै बन्धक छिट्टै रिहाइ गरिने बताउनुभएको हो। इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुने, यो सम्झौताले मजबुत, दिगो र स्थायी शान्तिको बाटो खोल्ने समेत उहाँले विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभयो,(‘यो अरब र मुस्लिम विश्वका लागि, इजरायलका लागि, वरिपरिका सबै देशका लागि र संयुक्त राज्य अमेरिकाका लागि महान दिन हो । हामी यस ऐतिहासिक र अभूतपूर्व घटनालाई सफल बनाउन सहयोग गर्ने कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूलाई धन्यवाद दिन्छौं।’

राष्ट्रपति ट्रम्पले अन्त्यमा आफ्नो पहलले सार्थकता पाएकोमा खुशी हुँदै शान्ति गर्नेलाई धन्य समेत भन्नुभएको छ । सोही सम्झौतालाई मध्यपूर्वमा दशकौंदेखिको हिंसा अन्त्यतर्फ ठूलो कदमका रूपमा हेरिएको छ।

सन् २०२३ अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गरेर करिब १ ह जार २ सयको मृत्यु भएको थियो। त्यसयता इजरायलले थालेको प्रत्याक्रमणलाई नरसंहारमा बदलेर ६५ हजार प्यालेस्टाइन नागरिकहरुको मृत्यु भएको छ।