मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अष्ट्रेलिया भ्रमणको निम्तो दिएका छन् । आफ्नो पहिलो भ्रमणका क्रममा ह्वाईट हाउसमा उनले भ्रमणको निम्तो दिएका हुन् । पहिलो र महत्वपूर्ण भ्रमणका क्रममा यी दुई नेताबीच निकै राम्रो मनस्थितिका साथ पत्रकारहरुसामू उपस्थित भएका थिए । ट्रम्पले वासिङ्टनमा भएको ऐतिहासिक भेटका क्रममा अस्ट्रेलिया र प्रधानमन्त्री एन्टोनी अल्बानीजको प्रशंसा गर्दै भनेका छन् — “अमेरिकाका लागि यसभन्दा राम्रो साथी कहिल्यै भएको छैन।”
प्रधानमन्त्री अल्बानीजले अमेरिकी राष्ट्रपतिसँग प्रत्यक्ष द्विपक्षीय भेट गर्न १० महिना कुर्नुपर्यो, तर उनले व्हाइट हाउसबाट तीन महत्वपूर्ण उपलब्धिहरू लिएर फर्किएका छन् ।
चीनको विश्वव्यापी प्रभावलाई चुनौती दिन लक्षित अर्बौँ डलरको खनिज सम्झौता,
अष्ट्रेलियाअमेरिका र बेलायती सहकार्यको प्रतिवद्धताको पुनः पुष्टि, जसअन्तर्गत अस्ट्रेलियाले भुक्तानी गरिरहेको पनडुब्बी प्राप्त गर्ने आश्वासन र ट्रम्पले अस्ट्रेलिया भ्रमण गर्ने सम्भावना।
ट्रम्पले अस्ट्रेलियालाई “एक अद्भुत देश” भन्दै प्रधानमन्त्री अल्बानीजको “उच्च सम्मान” गरिएको र उनले “उत्कृष्ट काम” गरेको बताए।
“हामी दीर्घकालीन साथी हौं र म भन्छु — यसभन्दा राम्रो कोही छैन,” ट्रम्पले भने।
“हामीले सँगै युद्ध लडेका छौं र कहिल्यै सन्देह गरेका छैनौं। तपाईं मेरो मित्र हुनु र अमेरिकामा आउनु ठूलो सम्मान हो।”
सोमबारको बैठक अर्बौं डलरको खनिज सम्झौताबाट सुरु भयो, जसले चीनको प्रभाव घटाउँदै प्रशोधन क्षमता बढाउने लक्ष्य राख्छ।
अस्ट्रेलियामा प्रशस्त खनिज भए पनि तिनको प्रशोधनमा प्रायः चीनको संलग्नता रहँदै आएको छ ।
“अस्ट्रेलियाको दृष्टिकोण पनि ‘अमेरिका फर्स्ट’ जस्तै हो,” उनले भने, “हामी केवल खनिज निकालेर निर्यात गर्ने होइन, आपूर्ति श्रृंखलाभर लाभ कसरी लिन सकिन्छ भन्ने सोच राख्छौं।”
बैठकमा अल्बानीजले ट्रम्पलाई अस्ट्रेलिया भ्रमणको निम्तो पनि दिए।
ट्रम्पले जवाफ दिए, “म गम्भीरतापूर्वक विचार गर्नेछु।”
बैठकमा अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्स, परराष्ट्रमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेगसेथ, र अस्ट्रेलियाबाट मन्त्रीहरू टिम एयर्स र म्याडलिन किङ, साथै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार टिम गार्टरेल उपस्थित थिए।
प्रतिक्रिया