फिलिपिन्समा आएको भूकम्पमा परी ज्यान गुमाउने ३७ पुगे

फिलिपिन्समा आएको भूकम्पमा परी ज्यान गुमाउने ३७ पुगे



दक्षिणी फिलिपिन्समा गएको ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । ४०० भन्दा बढी मानिस घाइते भएको समाचार संस्था एपीले जनाएको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानका अनुसार यो भूकम्प यस वर्ष फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली र ठूलो भूकम्प हो। भूकम्पका कारण ठूलो संख्यामा भौतिक संरचनाहरू ध्वस्त भएका छन् भने तटीय क्षेत्रमा सुनामी र पहाडी भेगमा पहिरो जाँदा धनजनको ठूलो क्षति भएको छ।

भूकम्पको कडा धक्का महसुस गरिएको जनरल सान्तोस शहरमा धेरैजसो कम उचाइका भवनहरू पूर्ण रूपमा भत्किएको वा तिनीहरूमा भारी क्षति पुगेको समाचारमा उल्लेख छ । घाइते हुनेहरूमध्ये अधिकांश मानिसहरू भत्किएका भवनहरूको भग्नावशेषमा पुरिएका थिए।
भूकम्पलगत्तै समुद्रमा कम्तिमा १ मिटर अर्थात् ३ फिटसम्मको सुनामीको छाल उत्पन्न भएको थियो, जसले दक्षिणी फिलिपिन्सको कम्तिमा एउटा तटीय गाउँमा व्यापक क्षति पुर्‍याएको रिपोर्ट गरिएको छ।
भूकम्पको प्रभाव फिलिपिन्समा मात्र सीमित नरहेर छिमेकी देशहरू इन्डोनेसिया, पलाउ र दक्षिणी जापानका तटीय क्षेत्रहरूमा समेत साना सुनामीका छालहरू मापन गरिएको छ।
भूकम्पका कारण सारंगानी प्रान्तको ग्लान नगरपालिकामा भीषण पहिरो जाँदा १३ जना गाउँलेको मृत्यु भएको छ।