काठमाडौँ । नेपाल र नेपाली डायस्पोरामा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै गएको भन्दै स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। गैरआवासीयनेपाली संघ (एनआरएनए) को महिला विभाग अन्तर्गतको महिला स्वास्थ्य तथा शिक्षा कार्यदलले आयोजना गरेको ‘स्वास्थ्य सचेतना र सल्लाह’ कार्यक्रममा स्वास्थ्य विज्ञहरुले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या र त्यसका कारण आत्महत्या जस्ता गम्भीर घटनाहरु बढीरहेको भन्दैचिन्ता व्यक्त…