मेलबर्न अष्ट्रेलिया ।
अष्ट्रेलियामा वृद्धामाथि कुटपिट गरेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् । सहकर्मीले वृद्धामाथि कुटपिट गरेको उजुरी गरेपछि नेपाली नर्स अस्मिता पाण्डे पक्राउ परेकी हुन् ।
पाण्डे इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत थिइन्।
पाण्डेले कुटपिट गरेका मध्ये एक जना ९५ वर्षकी डिमेन्सिया भएकी वृद्धासमेत रहेको नाइन न्युजले जनाएको छ। पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ ।
प्रतिक्रिया