नेपाली डायस्पोरामा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै : स्वास्थ्य विज्ञ

नेपाली डायस्पोरामा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै : स्वास्थ्य विज्ञ


काठमाडौँ । नेपाल र नेपाली डायस्पोरामा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै गएको भन्दै स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।

गैरआवासीयनेपाली संघ (एनआरएनए) को महिला विभाग अन्तर्गतको महिला स्वास्थ्य तथा शिक्षा कार्यदलले आयोजना गरेको ‘स्वास्थ्य सचेतना र सल्लाह’ कार्यक्रममा स्वास्थ्य विज्ञहरुले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या र त्यसका कारण आत्महत्या जस्ता गम्भीर घटनाहरु बढीरहेको भन्दैचिन्ता व्यक्त गर्दै ती समस्या सम्बोधनका लागि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

कार्यदलकी अध्यक्ष एवं कार्यक्रम संयोजक डा एलिनी पोखरेल सुवेदीका अनुसार विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई नै स्वास्थ्य सेवा दिने उद्देश्यले सोकार्यक्रमको थालनी गरिएको हो । भर्चुअल माध्यमबाट आज ९२९ जनवरी २०२३० पहिलो चरणको कार्यक्रम एसिया प्यासिफिक क्षेत्रबाट सुरु गरिएको हो ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्रोफेसर डा. सरोज प्रसाद ओझा (मनोचिकित्सक) ले मानसिक स्वास्थ्यका बारेमा अध्ययनपत्र प्रस्तुतगर्दै नेपालसहित विदेशमा रहेका नेपालीहरु मानसिक स्वास्थ्य समस्याको जोखिममा धकेलिने क्रम बढ्दो रुपमा रहेको बताए ।

नेपालमा मानसिक स्वास्थ्यका कारण आत्महत्याका घटना बढ्दो क्रममा रहेकोले यससम्बन्धमा गम्भीर हुनुपर्ने बताए । उनका अनुसार नेपालमा मात्रै नभई डायस्पोरामा रहेका नेपालीमा पनि मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको भन्दै उहाँले सरोकारवाला सबै मिलेर उक्त स्वास्थ्य जोखिमन्यूनीकरणका लागि काम गर्नुपर्ने छ ।

उनले भने, “मानसिक स्वास्थ्य समस्याका विषयमा खुलेर कुरा गर्न रुचाउँदैनन् ,करीब ९० प्रतिशतले मानसिक स्वास्थ्य परामर्श नै पाउँदैन नकी उनीहरुले आफ्नो समस्या खुलेर व्यक्त गर्दैनन् वा गर्नका लागि उचित स्थान वा मौका नै पाउँदैनन्, मानसिक स्वास्थ्य बिना कुनै मान्छे स्वस्थ हुन सक्दैन तर यो बुझाउन सकिएको छैन ।” उनका अनुसार ८० प्रतिशत आत्महत्या मानसिक स्वास्थ्यका कारण हुने गरेको पाइएको छ ।

२५ प्रतिशत नेपालीमा मानसिक स्वास्थ्य समस्या हुने र समस्याग्रस्त मध्ये ९० प्रतिशत मानसिक स्वास्थ्य सेवाको पहुँच बाहिर हुने गरेको डा ओझाले बताए । मनोपरामर्श, खानपान र शारीरिक व्यायाम, योग, ध्यान लगायतका गतिविधिमा ध्यान दिन प्रोत्साहन गर्न सके समस्याकेही हदसम्म समाधान हुने उनको भनाई थियो ।

कार्यक्रममा हाल दक्षिण अफ्रिकामा रहनुभएका डा पुष्पराज भट्टराईले महिलाहरुमा हुने स्तन क्यान्सरको सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका छन् । डाभ ट्टराईले सहजै निधान गर्न सक्ने भएपनि सचेतनाका अभावका कारण स्तन क्यान्सर विकराल बन्दै गएको बताए ।

विश्वभर, प्रत्येक ८महिलामा १ जनामा स्तन क्यान्सर हुने सम्भावना रहने भन्दै डा भट्टराईले नेपाल र डायस्पोरामा पनि स्तन क्यान्सरका सम्बन्धमा बृहत रुपमासचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भने,, “सजिलै निधान गर्न सकिने र उपचार हुने भएपनि चेतना अभाव वा भनौं व्यक्ति जागरुक नहुँदा यो क्यान्सर घातक बन्दै गइरहेको छ, समयमै उपचार पाए यो समस्या ९० प्रतिशतसम्म उपचार गर्न सकिन्छ ।” विकसित राष्ट्रमा पनि स्तन क्यान्सरको समस्या बढ्दो क्रममा रहेको भन्दै डा भट्टराईले नेपाल र डायस्पोरामा बृहत रुपमा सचेतनामुलुक कार्यक्रमसञ्चालन गर्न जरुरी भएको बताए । सन् २०२० मा जारी एक अध्ययन प्रतिवेदन अनुसार विश्वभर सबैभन्दा २२ लाख भन्दा बढीमा स्तनक्यान्सर पत्ता लागेको थियो ।

बेलायतका डा अमृत पोखरेलले महिलाहरुको प्रजनन अंगमा हुने क्यान्सरका विषयमा आफ्नो प्रस्तुती गरेका छन्। डा पोखरेलका अनुसार पछिल्लो समय महिलाको योनी, पाठेघरभित्र र पाठेघरको मुखको क्यान्सर, अण्डाशयको क्यान्सर बढ्दो क्रममा रहेको बताए। क्यान्सरजस्तो घातक रोगको बारेमा जनचेतना अभावमा कयौंको ज्यान जाने गरेकोले त्यस सम्बन्धमा व्यापक जनचेतना र सरकार र सरोकारवालासँगकोसमन्वयमा रणनीतिक योजना बनाएर अघि बढ्नुपर्नेमा डा पोखरेलले जोड दिए ।

कार्यदलकी सहअध्यक्ष हाल जापानमा रहनुभएकी जनस्वास्थ्य स्कलर एलिजा केसी भण्डारीले स्वास्थ्य बीमाको महत्वमाथि प्रकाश पारेकी थिइन् । स्वास्थ्य बीमालाई सही तरिकाले प्रयोग गर्न सके सहजै स्वास्थ्य सेवाको पहुँचमा पुग्न सकिने उनको भनाई थियो ।

संसारका कोही पनि मानिसले कुनै पनि हालतमा स्वास्थ्य सुविधा पाउनुपर्ने भन्दै समान पहुँचका लागि स्वास्थ्य बीमा फलदायी हुनसक्ने, विदेशमा स्वास्थ्य बीमा के कसरी लिने भन्ने विषयमा उनले जानकारी गगराएका छन । यस्तै, साउथ अफ्रिकामा रहेकी कार्यदलकी सचिव सरितापाण्डे भट्टराईले स्वदेश र विदेशमा पनि मानसिक र शारीरिक स्वास्थ्य आवश्यक रहेको भन्दै विश्वभर नेपालीको घनत्व रहेका स्थानमा स्वास्थ्यसेवाको पहुँच स्थापना गर्न आवश्यक रहेकोने बताइन ।

कार्यक्रमको सञ्चालन एसिया प्यासिफिक महिला डीआरसी, एवं कार्यदलकी क्षेत्रीय संयोजक डा इन्दिरा तिवारीले गरेकी थिइन्। डा तिवारीले डायस्पोराका नेपालीका लागि लामो समयदेखि पैरवी गर्दै आएकी छन् । कार्यक्रममा आइसीसी उपाध्यक्षहरु डा हेमराज शर्मा, उपाध्यक्ष महेश श्रेष्ठ, नारायण आचार्य, ,उपमहासचिव रामशरण सिम्खडा, कोषध्यक्ष फणिन्द्र पन्त, आइसीसी महिला सचिव राधिकागुरुङ,एसिया प्यासिफिक क्षेत्रबाट पारसमणि पोखरेल र डण्डपाणी कँडेल, आएसीसी तथा एनसीसीका अभियन्ता, सञ्चारकर्मी लगायतको सहभागीता थियो ।