काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टीभित्रैबाट गृह मन्त्रालय माओवादीले नै राख्न दबाब परेको छ । पदाधिकारी तथा प्रभावशाली नेताहरुले प्रधानमन्त्रीलाई यस्तो दबाब दिएको बताइएको छ ।
बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्री कसलाई बनाउनुहुन्छ? भनेर प्रश्न गरे । सञ्चारकर्मीहरुको प्रश्नमा प्रचण्डले सटिक जवाफ दिँदै भने, ‘बनेपछि थाहा हुन्छ ।’
रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालय रिक्त छ । गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको छ ।
रास्वपाले आफ्नो भागमा परेको गृहमन्त्री आफैंले पाउनुपर्ने अडान राखिरहेको छ । आइतबार बसेको रास्वपाको बैठकले आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको थियो । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी रास्वपाको छ ।
प्रतिक्रिया