सभामुखको निर्वाचन ७ माघमा गर्ने प्रस्ताव

पुस २२, काठमाडौँ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने प्रस्ताव गरिएको छ । शुक्रबार बसेको सर्वसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो । स्रोतका अनुसार यसमा लगभग सहमति भइसकेको छ ।