काठमाडौँ । नेपाली सेनाका एक जवान झुन्डिएको अवस्थामा फेला परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार ती जवान बालाजुस्थित रसुवा घर गेस्ट हाउसको एउटा कोठाको फ्यानमा झुन्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए । मृतक अन्दाजी ३० वर्षका थिए । उनको थप पहिचान खुलाएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…