आज पनि घट्यो अष्ट्रेलियन डलरको रेट, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज पनि घट्यो अष्ट्रेलियन डलरको रेट, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९२ रुपैयाँ ३९ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ७२ पैसामा कारोबार भैरहेको राष्ट्र बैँकले जनाएको छ। अष्ट्रेलियन डलर सोमबारको तुलनामा आज १६ पैसाले घटेको छ। अष्ट्रेलियन डलर आइतबार ८ पैसाले घटेको थियो।

यस्तै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ १० पैसा र बिक्री दर १३० रूपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९४ पैसा र बिक्री दर १४२ रूपैयाँ ५९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५१ पैसा र बिक्री दर १६२ रूपैयाँ २५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५ रूपैयाँ ६८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।