बेपत्ता २० जनाको शव अझै भेटिएन, खोजी गर्न कुकुर परिचालन

काठमाडौँ । सङ्खुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ। यही असार २ गते राति अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए। बाढीमा बेपत्ताको एक सातासम्म पनि फेला नपरेपछि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो। नेपाल प्रहरीले धरानबाट ल्याएको तालिम प्राप्त दुई कुकुरले आज बिहान सभाखोलादेखि…