बालेनको निर्देशनपछि महानगरको टोली ललिता निवास पुग्यो, जग्गाको घेरबार गर्ने

बालेनको निर्देशनपछि महानगरको टोली ललिता निवास पुग्यो, जग्गाको घेरबार गर्ने


काठमाडौँ ।

काठमाडौं महानगरपालिका मेयर बालेन शाहको निर्देशनपछि महानगरको टोली तारबार लगाउन ललिता निवास पुगेको छ। टोलीले अहिले स्थलगत निरीक्षण गरिरहेको नगर प्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिए।

ललिता निवास जग्गा हिनामिना प्रकरण छानबीन भइरहेको बेला काठमाडौं महानगरपालिको टोली सो क्षेत्र घेरबार गर्न पुगेको हो।

लिता निवास जग्गा घटाला प्रकरणमा सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कलाधर देउजा, गोपाल कार्की, सुरेन्द्र कपाली र भुपेन्द्रमान श्रेष्ठ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

सीआईबीले ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने निष्कर्श निकालेको छ। आयोगले भने १ सय ३६ रोपनी जग्गा अतिक्रमण भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।