काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले समाजवादी मोर्चा घोषणाको बेलामा पनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताए। उनले त्यसका लागि समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकतावद्ध गर्ने पहल सुरु गरिसकेको पनि बताए। उनले कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर आफूले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिष्टहरुलाई एकतावद्ध गरेको भनाइ राखे ।
प्रधानमन्त्री दाहालले तत्कालीन नेकपामा रहेका बेला भएका त्रुटीलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताए।
प्रतिक्रिया