काठमाडौँ । अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छिन्। हाल मुम्बईमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका संजीभ गुलाटीसँग विवाह गरेकी हुन। उनले सो जानकारी आफैले सामाजिक सञ्जालबाट दिएकी हुन। दक्षिणा, आफन्तजस्ता दर्जनौ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत सो जानकारी गराएकी हुन। भारतको दार्जलिङमा जन्मेकी सिंहले नेपाली सिने क्षेत्रमा सन् १९९३ मा…