विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित, अफगानिस्तान ८ विकेटले पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज भएको खेलमा भारतले अफगानिस्तानलाई पराजित गरेको छ। भारतले अफगानिस्तानलाई आठ विकेटले पराजित गरेको हो। भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७२ रन बनायो। भारतले दुई सय ७३ रनको विजयी लक्ष्य ३५ ओभरमा…