उपराष्ट्रपति यादवलाई अस्पताल भर्ना

उपराष्ट्रपति यादवलाई अस्पताल भर्ना


काठमाडौँ ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ। डेंगु संक्रमण पुष्टि भएपछि उपराष्ट्रपति यादव नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन्।

उपराष्ट्रपतिका प्रमुख स्वकीय सचिव आनन्द कुमार यादवका अनुसार गएराति अस्पताल भर्ना भएका यादवको अवस्था सामान्य रहेको छ। र, भोलिसम्ममा डिस्चार्ज गरिने अस्पतालले बताएको उनले जनाएका छन्।