इजरायलबाट स्वदेश फर्किइन् साम्बा

इजरायलबाट स्वदेश फर्किइन् साम्बा


काठमाडौँ ।

युद्धग्रस्त इजरायलबाट नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा) स्वदेश फर्किएकी छन्। व्यवसायिक फुटबलका लागि इजरायलमा रहेकी उनी गएराति स्वदेश फर्किएकी हुन्।

मंगलबार रातिको उडानमा इजरायलबाट उडेकी साम्बा थाइल्याण्ड हुँदै काठमाडौं आइपुगेकी हुन्।

प्यालेस्टाइनी विद्रोही समूह हमास हमलाका कारण इजरायल युद्धग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएपछि साम्बा स्वदेश फर्किएकी हुन्। साम्बा वुमन्स लिगमा क्लब हापोयल रानानामा आबद्ध छिन्।