नेपाल थाइल्यान्डसँग पराजित, विश्वकप छनोटबाट बाहिरियो

काठमाडौँ । थाइल्यान्डसँग पराजित भएसँगै नेपालको आगामी वर्ष बंगलादेशमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप खेल्ने सपनामा पुर्णबिराम लागेको छ। मलेसियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सम्भावनाको अन्त्य भएको हो। जितका लागि १ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३…