पहिलो ग्रेस बास्केटबल प्रतियोगिताको उपाधि ग्याङ्स्टा ब्वाइजले जित्यो 

पहिलो ग्रेस बास्केटबल प्रतियोगिताको उपाधि ग्याङ्स्टा ब्वाइजले जित्यो 


एडिलेड अष्ट्रेलिया ।

नेप्लिज एडिलेड बास्केटबलले आयोजना गरेको पहिलो ग्रेस बास्केटबल प्रतियोगिताको उपाधि गैंगस्टा ब्वाइजले जितेको छ। शुक्रवार मिशेल पार्क स्पोर्टस एण्ड कम्युनिटी क्लबमा भएको फाइनल खेलमा सिबिएललार्य पाखा लगाउँदै गैंगस्टा ब्वाइजले उपाधि कब्जा गरेको हो। 

ग्रेस इन्टरनेस्नल माइग्रेसन भिजा सर्भिस टाइटल स्पोन्सर रहेको उक्त प्रतियोगिताको च्यानपियन बनेको गैंगस्टा ब्वाइजले तीन हजार अष्ट्रेलियन डलर नगद र मेडल प्राप्त गरेको छ। यस्तै प्रतियोगिताको उपाधि जित्न चुकेको सिबिएलले एक हजार अष्ट्रेलियन डलर नगद र मेडल पाएको छ। 

८ टिम सहभागी उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई अवार्ड वितरण गरिएको थियो। फाइनल खेलका उत्कृष्ट खेलाडी गैंगस्टा ब्वाइजका नूह कोलिन्स, प्रतियोगिताकै उत्कृष्ट खेलाडी वाइल्ड याक्सका बिकाश खड्का, बेस्ट प्वाइन्ट गार्ड ग्याङ्स्टा ब्वाईजका ज्याक्सन साङ्स्टर, उत्कृष्ट डिफेन्डर ग्याङ्स्टा ब्वाईजकै मिचेल डिक्स र उत्कृष्ट थ्री पोइन्ट शूटर ग्याङ्स्टा ब्वाईजका नोआ कोलिन्स घोषित भएको नेप्लिज एडिलेड बास्केटबलका संस्थापक सदस्य सजिन प्रधानाङ्गले जानकारी दिए। प्रतियोगिताकै सबैभन्दा बढी स्कोर सिबीएलले गरेको थियो। 

महिला तर्फको बास्केटबलको उपाधि के–टाउन बलर्स गर्ल्स टिमले जितेको नेप्लिज एडिलेड बास्केटबलका अध्यक्ष रोस धमालाले जानकारी दिए। महिला तर्फको उपाधिका लागि दुई टिमले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको प्रचार प्रसारको जिम्मा जुजु क्रिएटिभ स्टुडियोले पाएको थियो।