गैरआवासीय नेपाली संघमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख) सम्म काठमाडौँमा हुँदैछ। स्थापनाकालदेखि नै प्रत्येक दुई वर्षमा महाधिवेशनमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको चयन गर्दै आएको एनआरएनले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठ अवसरका रूपमा समेत मनाउँदैछ। एनआरएनएको महाधिवेशन उद्घाटन राष्ट्रपतिबाट यही असोज ३० गते…