आज झण्डै दुई रुपैयाँले बढ्यो अष्ट्रेलियन डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज झण्डै दुई रुपैयाँले बढ्यो अष्ट्रेलियन डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा रहेको छ। बुधबारको तुलनामा आज अष्ट्रेलियन डलर एक रुपैयाँ ८० पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४३ पैसा र बिक्री दर १६६ रुपैयाँ १८ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २० पैसा र बिक्री दर १४४ रुपैयाँ ८५पैसा रहेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।