तान्जानियासँग नेपाल २७ रनले पराजित

तान्जानियासँग नेपाल २७ रनले पराजित


काठमाडौँ ।

चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत तान्जानियाले तान्जानियासँग नेपाल पराजित भएको छ। हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जानियासँग टस हारेर पहिला बलिङ गरेको नेपाल २७ रनले पराजित भएको हो।

तान्जानियाले नेपाललाई निर्धारित ओभरमा सात विकेट गुमाएर ११६ रनकव लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा नेपालले भने १६.५ ओभरमा अलआउट भयो। पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपालले ८८ रन मात्र बनाउन सक्यो।

आइसिसी बरियतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा रहेको छ। जारी सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन्। कप्तान रुबिना क्षेत्रीको ठाउँमा इन्दु बर्मालाई नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ कप्तान चयन गरेको हो। क्षेत्रीले ११ वर्षदेखि कप्तानी गर्दैआएकी थिइन्।

नेपालले दोस्रो खेल यही कात्तिक ३० गते हङकङसित तथा समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन्।

नेपाली टोलीमा सोमु विष्ट, कञ्चन श्रेष्ठ र सोनी पाख्रिनले पहिलो पटक अवसर पाएका हुन् भने रोमा थापा र सङ्गिता राईले पुनरागमन गरेका छन्। नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन्। जारी प्रतियोगितामा नेपालका लागि तान्जानिया र जापान नयाँ प्रतिद्वन्द्वी हुन्। आइसिसी बरियतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा छ।