काठमाडौँ । भारत एक दिवशीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो।
भारतले प्रस्तुत गरेको ३ सय ९८ रनको बिशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड ३ सय २७ रनमा समेटियो। न्युजिल्याण्डले ४८ दशमलव ५ ओभरमा अल आउट हुँदै ३ सय २७ रन बनाएको हो।
न्युजिल्याण्डका लागि डेरिन मिचेलले १ सय ३४ रनको शानदार इनिङ्स खेले। कप्तान केन विलियम्सले ६९ रनको योगदान गरे। भारतले उपाधिका लागिअष्ट्रेलिया र साउथ अफ्रिकाबीचको विजेतासँग खेल्नेछ।
भारतका मोहमद सामी पुन एक पटक चम्किएपछि न्युजिल्याण्ड खेलमा जम्न सकेन। सामीले ७ विकेट लिँदै भारतलाई बलिङमा शानदार प्रर्दशन दिलाए।
जसप्रीत बुम्राहा, मोहमद सिराज र कुलदीप यादवले समान एक एक विकेट हात पारे।
बुधबार वानखडे स्टेडियममा घरेलु टोली भारतले फाइनल प्रवेशका लागि न्युजिल्याण्डलाई ३ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनाएको थियो।
कोहलीले कीर्तिमानी ५० औं शतकप्रहार गर्दा श्रेयशको लगातार दोस्रो शतकमा भारतले झण्डै ४ सयको विशाल योगफल बनाएको हो। कोहलीको १ सय १७ रनको इनिङ्समा भारतका लागि श्रेयशले १ सय ५ रनको शानदार पाली खेले। दुवैले दोस्रो विकेका लागि १ सय ६३ रनको साझेदारी गरेका थिए।
विराटले एकदिवसीय खेलमा कीर्तिमानी ५० औं शतक प्रहार गरेका छन्। उनले सचिन तेन्दुलकरको नाममा रहेको ४९ औं शतकको कीर्तिमानलाई समेत भंग गरेका छन्।
ठुलो रनतर्फ अघिबढेका सुभमनगिल ८० रनमा रिटायडहर्ट हुदाँ कप्तान रोहित शर्माले ४७ रनको योगदान गरेका थिए। केएल राहुलले विस्फोटक ब्याटिङ गर्दै २० बलमा ३९ रन बनाए। दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र साउथ अफ्रिका खेल्नेछन्।
प्रतिक्रिया