विश्वकप क्रिकेट : भारतले दियो न्युजिल्यान्डलाई ३ सय ९८ रनको लक्ष्य

विश्वकप क्रिकेट : भारतले दियो न्युजिल्यान्डलाई ३ सय ९८ रनको लक्ष्य


काठमाडौँ ।

एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आयोजक भारतले न्युजिल्यान्डसमक्ष ३ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। विराट कोहली र श्रेयस अय्यरले शतकीय इनिङ्स खेलेपछि भारतले न्युजिल्यान्डसमक्ष विशाल स्कोर बनाउन सफल भयो।

विराट कोहलीले ११३ बलमा १ सय १७ रन बनाएर आउट हुँदा उनले करिअरको ५० औं एकदिवसीय शतक प्रहार गर्दै सचिन तेन्दुलकरको कीर्तिमान भंग गरे।

त्यस्तै, श्रेयस अय्यरले ७० बलमा १ सय ५ रनको उच्च स्कोर बनाए। अय्यरले जारी विश्वकपमा लगातार दोस्रो शतक प्रहार गरे। त्यस्तै, शुभमन गिलले ६६ बलमा ८० रन बनाउँदा रोहित शर्माले २९ बलमा ४७ रन बनाए।

त्यस्तै, भारतको उच्च स्कोरमा केएल राहुलले २० बलमा ३९ रनको अविजित इनिङ खेले। न्युजिल्यान्डका लागि टिम साउदीले ३ विकेट लिए।