बालगोपालेश्वरमा टीका लगाउनेको भिड (फोटो फिचर)

बालगोपालेश्वरमा टीका लगाउनेको भिड (फोटो फिचर)


काठमाडौं । काठमाडौंको रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र लगाइ दिनेको भिड लागेको छ। रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिन मात्र खुल्ने गर्दछ। दिदी–बहिनीन भएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने चलन छ।

मन्दिरमा पूजागर्ने र टीकाको व्यवस्थापन काठमाडौं महानगरपालिकाले मिलाएको छ। मन्दिर परिसरमा टीका र फूलमालालिएर बसेकाहरुसँग टीकाथाप्ने चलन छ। भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहे पनि बालगोपालेश्वर मन्दिरमा भने बिहानैदेखि टीका लगाउने र लगाई दिनेको भिड लागेको थियो।

२०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केहीवर्ष सो मन्दिर बन्द गरिएको थियो। भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुलाहुँदै आएको छ।