एनआरएनएले भूकम्प प्रभावितको राहतका लागि तत्काल १० लाख दिने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई राहतका लागि तत्काल १० लाख रुपैयाँ दिने भएको छ।संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्मार्फत् यो रकम सरकारको राहत कोषमा उपलब्ध गराइने भएको हो। यस कठिन घडीमा गैरआवासीय नेपाली संघ भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुननिर्माणमा सदाझैँ गैरआवासीय नेपाली संघ सरकारसँग सहकार्य गर्न…