त्रिविका १२ हजार ४ सय १५ जना विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज ४९औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ। दशरथ रंगशालामा आयोजना हुने समारोहको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल हुनेछन्। विद्यार्थीका लागि बिहान १० बजेदेखि नै समारोहस्थल खुल्ला गर्ने विश्वविद्यालयले जनाएको छ। यो वर्ष १२ हजार चार सय १५ जना विद्यार्थी दीक्षित हुन लागेका छन्। २०७९ सालको असारदेखि २०८० सालको असार मसान्तसम्म पास भएका…