आयुष्मानको सफलताबारे लण्डनको कम्पनीको अध्ययन

आयुष्मानको सफलताबारे लण्डनको कम्पनीको अध्ययन


मुम्बई ।

लण्डनको एक बिहेवरियल इनसाइट्स कम्पनी केनवसडले भारतमा अभिनेता आयुष्मान खुराना ब्राण्डको बारेमा अध्ययन गरेको छ ।

‘हाऊ एक्टर आयुष्मान खुराना ब्रिङ्स एडभोकेसी इन बलिउड’ शीर्षकमा गरिएको अध्ययनमा अभिनेता आयुष्मानले देशबासीकाबीच तालमेल मिलाएको उल्लेख गरिएको छ। त्यस्तै, कसरी उनी भरोसायोग्य र सबैभन्दा जागृत भारतीय व्यक्तित्व हुन् भन्नेमा केन्द्रीत छ।

‘फर्मुलाबद्ध फिल्मका लागि प्रख्यात फिल्म उद्योगमा खुरानाको बलिउड स्टारडमसम्मको यात्रा उल्लेखनीय छ। खुरानाको यात्राको एक महत्वपूर्ण पक्ष भनेको उनले जोखिमपूर्ण फिल्ममा काम गर्नु हो। उनले फिल्म ‘ड्रिम गर्ल’ मा एक क्रस जेन्डर अभिनेता, ‘डाक्टर जी’मा एक पुरुष स्त्री रोग विशेषज्ञ छात्र र ‘विक्की डोनर’मा एक नियमित शुक्राणु दाताको भूमिका निभाएका छन्। ती फिल्मका लागि उनले ‘हुन्छ’ भने जसलाई शायद अरुले अस्वीकार गरिरहेका थिए या विचार पनि गरेका थिएनन्’, आयुष्मानको प्रभावलाई दर्शाउँदै अध्ययनमा भनिएको छ।

आयुष्मान विश्वकै सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एकका रुपमा दुई पटक टाइम म्यागेजिन पुरस्कार विजेता हुन्।

‘खुरानाको लोकप्रियता लगातार बढिरहेको छ। यसअघि टाइम म्यागेजिनले सन् २०२० मा विश्वकै सय प्रभावशाली व्यक्तिहरुको सूचीमा समेत आयुष्मानलाई समावेश गरेको थियो।

युनिसेफका लागि उनले बाल अधिकार सक्रियतामा सन् २०२३ मा टाइम १०० इम्प्याक्ट अवार्ड पनि पाएका छन्। उनको ११ वर्षको करियरमा कैयौं प्रशंसित फिल्ममा अभिनय गरेका छन्, जसको श्रेय उनी समाजमा गहिराईसँग जोडिएका आफ्नो भूमिकालाई दिन्छन्’, अध्ययनमा भनिएको छ।