यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ५८ पैसा रहेको छ। बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलर १६ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४२ पैसा र बिक्री दर १६९ रुपैयाँ १८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।