एनआरएनए सचिव रेग्मीलाई कोइरालाले गरे सम्मान

एनआरएनए सचिव रेग्मीलाई कोइरालाले गरे सम्मान


मेलबर्न अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव डा ज्ञानेन्द्र रेग्मीलाई नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले सम्मान गरेका छन्। बिहीबार अष्ट्रेलिया निवासी रेग्मीलाई नेपाली कांग्रेस महानगर समिति बिराटनगरको तर्फबाट वरिष्ठ नेता कोइरालाले सम्मान गरेका हुन्।

कोइरालाले विराटनगरमा सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिए। रेग्मी गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका थिए।