काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात प्रयास भएको छ। बिहीबार कार्यक्रममा जाने क्रममा उनीमाथि हातपातको प्रयास भएपछि आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
प्रसाईंलाई हातपात गर्न खोज्ने बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरिएको डीएसपी मदन केसीले बताए। प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा मेची–महाकाली दौडाहा गरिरहेका छन्। यही कार्यक्रमका लागि उनी बागलुङ पुगेका हुन्।

प्रतिक्रिया