प्रहरी अनुसन्धानमा रहेका लामिछानेलाई मन्त्री बनाइएकोमा विरोध

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिएकोप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ। समितिका संयोजक चरण प्रसाइँले विहीबार एक विज्ञप्ति जारी गर्दै सहकारी जस्तो गम्भीर विषयमा पीडितले दिएको उजुरीमाथि नेपाल प्रहरीले गरिरहेको अनुसन्धानको दायरामा परेका लामिछानेलाई उक्त छानबिन एवं अनुसन्धान टुंगो नलाग्दै दोस्रोपटक…