हाजिरी जमानतमा छुटे माओवादी उपाध्यक्ष महरा

हाजिरी जमानतमा छुटे माओवादी उपाध्यक्ष महरा


काठमाडौं ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानत छुटेका छन्। जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महरालाई हाजिरी जमानतमा छाडेको हो।

सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महरालाई हाजिरी जमानतमा छाडिएको पुष्टि गरे। महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको सिआइबी स्रोतले जनाएको छ।

उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।