आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको घुँइचो

काठमाडौं । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ। हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ। आज पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भीड लागेको छ। पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै…