कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाडिँदै

कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाडिँदै


काठमाडौँ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिने भएको छ। पूर्वसभामुखसमेत रहेका महरालाई कमजोर स्वास्थ्यका कारण हाजिर जमानीमा छाड्न लागिएको बताइएको छ।

जिल्ला अदालत काठमाडौंले पहिलो पटक दिएको ४ दिनको म्याद बिहीबार सकिएको छ। सरकारी वकिलको कार्यालयको रोहबरमा महरालाई छाड्न लागिएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए। उक्त प्रकरणमा महरामाथि छानबिन भने जारी रहने छ।

महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो। स्वास्थ्य अवस्था कमजोर भएका कारण उनी नर्भिक अस्पतालमा उपचाररत छन्।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उहाँको नाम जोडिएको छ। त्यसबेला सिआइबीले उहाँसँग बयान कागज गरेर मात्रै छाडेको थियो। यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। राहुल हाल पुर्पक्षमा थुनामा छन्।